Logo

पत्रपत्रिका

कांग्रेसमा झन् किचलो



कांग्रेसको आन्तरिक विवाद टुङग्याउने प्रयास असफल भएको छ । सभापति शेरबहादुर देउबा र वरिष्ठ नेता रामचन्द« पौडेल आ आफ्नोे अडानमा रहेपछि दुई साता देखि जारी वार्ताले सार्थकता पाउन नसकेको हो ।

पौडेल पक्षको सोमबार बसेको बैठकले विधानबाहिर गएर सहमति नगर्न वार्ता समितिलाई निर्देशन दिएको छ । महामन्त्रि डा.शशांक कोइराला निवासमा बसेको बैठकले सस्थापन पक्षसंग वार्ताका लागी गठन गरेको कार्यदलका सदस्यलाई विधानभित्र रहेर सहमति खोज्न भनेको हो ।

‘विभान गठनदेखि भातृसंस्थाका विषयमा छलफल भयो । महाधिवेशन सुनिश्चित गर्ने गरी कार्यतालिका सार्वजनिक गर्नुपर्छ’, कार्यदल सदस्य हृदयराम थानीले भने, ‘पार्टी विधानसम्मत तरिकाले अगाडि बढ्नुपर्छ । नेता पौडलले पार्टीभित्रका सबै समस्याको समाधान विधानमै रहेर खोज्नुस् भन्नु भएको छ ।

महाधिवेशन कार्यतालिका सार्वजनिक, नेवि संघ गठन, विभागको पुर्णता, नेपाल तरुण दलको समयवधि ६ महिना थप गर्ने विषयमा विवाद छ ।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रकाशित मिति : ८ पुष २०७६, मंगलवार ००:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।