लामो समयदेखि रितm रहेका शिक्षकको मााग गर्दै पर्वतको बिहादी गाउँपालिका–३ स्थित नेपालतारा माध्यमिक विद्यालयका विद्यार्थीले सोमबारदेखि तालाबन्दी गरेका छन् ।
चार महिनादेखि अंग्रेजी विषयको पठन पाठन नभएको भन्दै तत्काल शिक्षक नियुतm गर्नुपर्ने विद्यार्थीको माग छ ।
विद्यालयमा कार्यरत अंग्रेजी शिक्षक राजेन्द्रप्रसाद पौडेल स्थायी शिक्षकको रुपमा नियुतिm लिएर भतmपुर गएपछि कक्षा ११ र १२ मा अंग्रेजी विषयको पठन पाठन ठप्प रोकिएको विद्यार्थी वीपीन कुँवरले बताए ।
सोमबारदेखि विद्यार्थीले अनिश्चितकालिन तालाबन्दि गरेर पठन पाठन ठप्प पारेका छन् ।
यद्यपि ताला खुलाएर अंग्रेजी बाहेकका अन्य विषयको पठन पाठन सन्चालन गर्नको लागि विद्यर्थी र विद्यालय प्रशासनको बीचमा छलफल भएको विद्यालयका प्रधानाध्यापक कुलप्रसाद पराजुलीले जानकारी दिए ।
आजको अन्नपर्ण पोष्ट दैनिकमा खबर छ ।





















प्रतिक्रिया