त्रिभुवन विश्वविद्यालयको सर्वाच्च निकाय सभाले गरेको निर्णयविपरीत कार्यकारी परषिदले श्रेणीविहीन कर्र्मचारीलाई स्थायी नियुतिmका लागि विज्ञापन गर्न सेवा आयोगमा गरेको सिफारिस विवादित बनेको छ ।
तत्कालीन उपकुलपति प्रा. डा.तीर्थ खनियाँले अवकाश पाउनु भन्दा केही दिनअघि मात्र ड्राइभर र कार्यलय सहयोगी पदमा एक पटकका लागि विज्ञपन गर्ने निर्णयगरी सेवा आयोग पठाएपछि विवादित भएको हो ।
गैरकानुनी रुपमा स्थायी गर्न त्रिवि सेवा आयोगलाई पदाधिकारीले समेत दबाब दिइरहेका छन् । त्रिवि सेवा आयोगले सर्वोच्च निकाय सभा र सरकारको नीतिविपरीत कार्यकारी परिषदले निर्णय गरी पठाएको पदमा विज्ञापन गरेको छैन ।
कार्यकारी परिषदको निर्णय नं २४३२ अनुसार ६४ पदमा विज्ञापन गर्न सिफारिस गरेकोमा सेवा आयोयले नियमअनुसार मिल्ने ६२ पदमा मात्रै विज्ञापन गरेको छ ।
त्रिवि सभा र सरकारको निर्णयविपरीत हुने गरी तीर्थ खनियाँ नेतृत्वको कार्यकारी परिषद्ले श्रेणीविहीन पदमा स्थायीका लागि विज्ञापन गर्न सिफारिस गरेको थियो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।





















प्रतिक्रिया