Logo

पत्रपत्रिका

चाबहिल–साँखु सडक चार वर्षमा पाँच किलोमिटर कालोपत्रे



मापदण्डका कारण विवादमा फसेको चाबहिल–जोरपाटी–साँखु सडक विस्तारमा ढिलाई हँुदा यात्रुले साती खेप्दै आएका छन् ।
काठमाडौ उपत्यका सडक विस्तार आयोजनाले ०७२ सालमै १२ किमि सडकलाई २२ मिटर फराकिलो बनाउने उद्देश्यले विस्तारको काम थालेको थीयो ।

तर अहिलेसम्म पनि सडक विस्तारको सरदर प्रगती ६५ प्रतिशत मात्रै छ । सडक विस्तारमा भइरहेको ढिलाइले काठमाडौको पूर्वी क्षेत्रको मुख्य यो सडक घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिम्मे हुने गर्छ ।

सडक विस्तार हुँदा घर जग्गा मासिने भएकाले स्थानीयवासी मुआब्जा पाउनु पर्ने माग गर्दै सर्वाेच्च अदालत पुगे । स्थानीयको माग अनुसार भत्किएका घर र प्रयोग भएको जग्गाको समेत दिनुपर्ने सर्वाेच्चको निर्देशनपछि सरकारले डेढ वर्षअघि यथास्थितिमै कालोपत्रे गर्न निर्देशन दिएको थियो ।

यसबिचमा मन्त्री, सांसद र शीर्ष नेताहरुले सडकको पटक –पटक अनुगमन गरिसकेका छन् । स्थानीयवासीले पनि पटक –पटक सडक ठप्प पारेरै सडक बनाउन माग गर्दै आएका छन् । तर मापदण्डलाई कारण बनाएर कहिले स्थानीयवासी त, कहिले स्थानीय तहका जनप्रतिनिधिको अवरोधले सडक निर्माणले गति लिएको छैन ।

‘सरकारले मापडण्ड नपुगे जति उपलब्ध छ त्यतिमै कालोपत्रे गर्नु भन्यो, यता नगरपाकिाले मापडण्ड नपुर्याई काम गर्न दिएन, हामी कर्मचारीले कसका कुरा मान्ने ? आयोजनाका प्रवक्ता विश्वविजय श्रेष्ठ प्रश्न गर्छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति : ११ पुष २०७६, शुक्रबार ०१:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।