Logo

पत्रपत्रिका

बलात्कार मुद्दामा सफाई



सामुहिक जबरजस्ती करणी अभियोगमा पक्राउ परेका ज्ञानेन्द्र गजुरेल र सन्देश शर्माले सफाई पाएका छन् । गजुरेल कंग्रेस नुवाकोटका आमन्त्रित जिल्ला सदस्य र शर्मा युवा संघ केन्द्रीय सदस्य हुन् ।

जिल्ला अदालत ललितपुरका न्यायधीश डा. रमेशप्रसाद रिजालको इजलाशले उनीहरुलाई सफाई दिएको हो । १९ वर्षीय किशोरीलाई लगनखेलको एक होटलमा पुर्याएर जबरजस्ती गरेको आरोप गजुरेल र शर्माविरुद्ध लागेको थीयो ।

महानगरीय प्रहरी परिसर ललितपुर प्रमुख टेकप्रसाद राईका अनुसार उनीहरुलाई कात्तिक ३ गते पक्राउ गरिएको थियो । पीडितको सम्बन्ध प्रहरीका असइ उमेश केसीसंग थियो उनीसंगको सम्बन्ध बिग्रिन थालेपछि किशोरी गजुरेलसंग नजिकिन पुगिन् । फेसबुक मार्फत चिनजान भएका गजुरेलसंग उनको भेटघाट बाक्लिन थाल्यो ।

यसै क्रममा गजुरेलले असोज २९ गते लगनखेलस्थित होटलमा बोलाएका थिए । होटलमा गजुरेल, शर्मा र अर्का एक जना पनि गएका थिए ।

किशोरीले घरमा साथीको जन्मदिन मनाउन जानु छ भनेर ढाँटेको देखिएको प्रहरीले जाकारी दिएको छ । उनीहरु चारै जना होटलमा पुगेर खानपिन गर्दै रमाइलो गरेको देखिएको छ ।

यसै सिलसिलामा किशोरीले गजुरेलसंग शारीरिक सम्पर्क भएको बताएकी थिइन् । शर्र्माले पनि सम्पर्क राखेको पिडितको दाबी थियो । त्यसपछि अर्का व्यक्तिले पनि जबरजस्ती गर्न खोजेपछि अस्वीकार गरी आफु कराएको किशोरीले प्रहरीसंग बताएकी थिइन् ।

त्यस रात उनीहरु सबैजना होटलमा बसेर बिहान आ–आपनो बाटो लागेको देखिएको प्रहरीले जनाएको छ । त्यसको चार दिनपछि असइ केसीले उक्त घटनाबारे सोधखोज गर्दा किशोरीले आफुलाई गजुरेल र शर्माले आफुलाई बलात्कार गरेको र अर्का एकजना फरार रहेको बताएकी थिइन् ।

त्यसपछि उनीहरुले गजुरेल र शर्माविरुद्ध प्रहरी कहाँ उजुरी दिएका थिए । केसीको सहयोगमा उनीहरु तुरुन्त समातिएका थिए । आरोपितले किशोरीका प्रेमी भनिएका केसीसंग मुद्दा मिलाइदिन प्रलोभन देखाएको जानकारी दिएको छ । उक्त घटना मिलाइदिन्छु भन्दै केसीले एक करोड रुपैयाँदेखि बार्गेनिङ गरेको देखिएको परिसर प्रमुख राइले बताए । केसी अख्तियारको हिरासतमा छन् ।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रकाशित मिति : ११ पुष २०७६, शुक्रबार ०२:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।