Logo

अर्थ

एनसेलले बुझायो साढे चार अर्ब



एनसेलले सरकारलाई साढे चार अर्ब रुपैयाँ बुझाएको छ । लामो समयदेखिको कर विवाद सर्वाेच्च अदालतको फैसलाले टुंगो लगाएपछि एनसेलले पुँजीगत लाभकरबापतको चार अर्ब ५० करोड रुपैयाँ बुझाएको हो । एनसेलले मंगलबार साढे चार अर्ब रुपैयाँ बुझाएको ठूला करदाता कार्यालयका प्रमुख झलक अधिकारीले बतााए ।

सर्वाेच्चको फैसलापछि ठूला करदाता कार्यालयले एनसेललाई २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको थियो । मंसिरमा निर्धारण गरे पनि त्यसयताको ब्याजले रकम वृद्धि भएको छ । अब ब्याजबाहेक १८ अर्ब ४७ करोड रुपैयाँ बाँकी रहन्छ ।

बाँकी रकम किस्ताबन्दीमा तिर्न एनसेलले अनुरोध गरेको छ । एनसेलले किस्ताबन्दीमा रकम तिर्न पाउनुपर्ने माग समेत गरेको छ । एनसेलले आयकर ऐनको दफा ११० अनुसार किस्ताबन्दीको सुविधा मागेको अधिकारीले कार्यालय प्रमुख अधिकारीले बताए । चालु आर्थिक वर्षमा तिर्ने गरी किस्ताबन्दीको सुविधा दिने तयारीरहेको उनले बताए ।

प्रकाशित मिति : १६ पुष २०७६, बुधबार ०६:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।