Logo

पत्रपत्रिका

नेसनल मेडिकल कलेज वीरगञ्जले माग्यो विद्यार्थीसँग १६ लाख अतिरिक्त शुल्क



त्रिभुवन विश्वविद्यालयद्वारा सम्बन्धनप्राप्त नेसनल मेडिकल कलेज वीरगञ्जले स्नातकोत्तर तह (पिजी) तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीसँग तोकेभन्दा करिब १६ लाख रुपैयाँ बढी शुल्क मागेको छ । अन्तिम वर्षको भर्नामा कलेज प्रशासनले तोकेभन्दा १५ लाख ९५ हजार रुपैयाँ बढी मागेको पाइएको हो ।

त्रिभुवन विश्वविद्यालयले ०७१ मा पिजी शुल्क ३१ लाख रुपैयाँ निर्धारण गरेको थियो । सुरुमा कलेज पनि सोही शुल्कमा पढाउन सहमत भएको थियो, तर अन्तिम वर्षमा आएर विभिन्न शीर्षक देखाउँदै १६ लाख अतिरिक्त शुल्क तिर्न परिपत्र भएको विद्यार्थीको भनाइ छ । स्नातकोत्तर तह तेस्रो वर्षको परीक्षा आगामी जेठमा हुँदै छ ।

मन्त्रिपरिषद्को ३१ भदौ ०७२ मा बसेको बैठकले पिजीको शुल्क २२ लाख ५० हजार रुपैयाँ तोकेको छ । विद्यार्थीका अनुसार सुरुमा कलेज हरेक वर्ष १० लाखका दरले रकम बुझाउने विषयमा सहमत भएको थियो । तर, अहिले आएर विभिन्न शीर्षकमा तीन वर्षदेखिको शुल्क उल्लेख गरेर पत्र पठाएको छ । तीन वर्षको १५ लाख ९५ हजार अतिरिक्त शुल्क मागेको विद्यार्थीहरूको भनाइ छ । नयाँ पत्रिकाबाट

प्रकाशित मिति : २२ पुष २०७६, मंगलवार ०१:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।