Logo

अर्थ

सुनको मूल्य एक हजारले घट्यो



बिहिबार नेपाली बजारमा सुनको मूल्य एक हजारले घटेको छ। बुधबार तोलामा एक हजारले वृद्धि भएको सुन बिहीबार एक हजारले घटेर ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजावी सुन ७२ हजर २ सय रुपैयाँ कायम गरिएको छ।

बुधबार सुन तोलाको ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्य पनि सामान्य गिरावट आएको छ। चाँदी तोलाको ९ सय रुपैयाँमा बिक्री भइरहेको महासंघले जनाएको छ।

बुधबार चाँदी तोलाको ९ सय २० रुपैयाँ कायम गरिएको थियो। इरान र अमेरिकाबीचको आन्तरिक विवादले सुनको भाउमा उतार चाढाव आईरहेको छ ।

प्रकाशित मिति : २४ पुष २०७६, बिहीबार ०९:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।