Logo

अर्थ

सहकारीले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्छः मन्त्री अर्याल



भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियानले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्ने बताएकी छन् ।

राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालको २७ औँं वार्षिक साधारणसभाको बिहिबार उद्घाटन गर्दै उनले उद्यमशीलता, व्यवसायिकतामा जानुपर्ने बताईन् ।

राज्यले सहकारीलाई तीन खम्बे अर्थनीति अन्तर्गत समेटेको भन्दै उहाँले एक सहकारी एक रोजगारी अनिवार्य रूपमा लागू गरेर जानुपर्ने बताईन् ।

राज्यले सन् २०३० सम्ममा गरीबी शून्यमा झार्ने लक्ष्य लिएको उल्लेख गर्दै अहिले रहेको १८ प्रतिशत गरीबी न्यून गर्न सहकारीले भूमिका खेल्नुपर्ने उनको धारणा छ ।

बचत तथा ऋण सहकारी संस्थाको सङ्ख्या अत्यधिक बढी भएकाले संस्थाको सङ्ख्या बढाउनेतिर भन्दा कार्यक्षेत्र विस्तार गर्ने अभियान लाग्नुपर्ने मन्त्री अर्यालको भनाइ थियो ।

कार्यक्रममा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले राज्यले लिएको समृद्ध नेपाल सुखी नेपालीको अभियान पूरा गर्न सहकारी महत्वपूर्ण क्षेत्र भएकाले गरीबीमुखी कार्यक्रम, योजना बनाएर अगाडि बढ्न जरुरी भएको बताए ।

प्रकाशित मिति : २४ पुष २०७६, बिहीबार १३:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।