Logo

पत्रपत्रिका

पीडितहरूले उजुरी लेखिदिने वकिलसमेत पाएनन्



राजपाका केन्द्रीय सदस्य तथा खुंखार साहुकार रामबाबु राय यादव र तत्कालीन नयाँ शक्तिका प्रदेश सभा उम्मेदवार सञ्जय रौनियारबाट चरम शोषणमा परेका सर्लाही र आसपासका पीडितहरूले प्रहरीमा जाहेरी लेखिदिने वकिलसमेत पाएका छैनन् । यादव पक्राउ परेपछि पीडितहरू न्याय पाउने आससहित उजुरी दिन मलंगवास्थित जिल्ला प्रहरी कार्यालय धाइरहेका छन् । तर, सर्लाहीका वकिलहरू यादव र रौनियारविरुद्ध पीडितको उजुरी लेखिदिन तयार छैनन्, बहाना बनाएर पन्छिरहेका छन् ।

‘हामीले जिल्लाका धेरै वकिलसँग सम्पर्क गर्यौँ । कसैले व्यस्त छु भ्याउँदिनँ भन्नुहुन्छ । कोही भने बुढो भइयो, सल्लाह सुझाबसम्म दिन सकिन्छ, लेख्न त गाह्रो हुन्छ भन्नुहुन्छ,’ सर्लाहीका पीडित रवीन्द्र कुशवाहले भने, ‘जाहेरी लेखाउने वकिल नपाउँदा प्रहरीमा उजुरी दर्ता हुन सकेको छैन ।’ बिहीबार जिल्ला प्रहरी कार्यालयबाट घर फर्काइएका पीडितहरू शुक्रबार पनि उजुरी दर्ता नभएपछि निराश भएर फर्किएका छन् ।

लाख ऋण दिएर करोडको कपाली तमसुक बनाउँदै ऋणीको जग्गा आफ्नो नाममा गराउने यादव र रौनियार विरुद्ध जाहेरी दिन शुक्रबार दुई सय १० पीडित जिल्ला प्रहरी कार्यालय पुगेका थिए । रामबाबुपीडित एक सय ५० र सञ्जयपीडित ६० जना थिए । नयाँ पत्रिकाबाट

प्रकाशित मिति : २६ पुष २०७६, शनिबार ०१:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।