कर्णाली प्रदेशको भूमी, व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले रुकुम पश्चिमको समृद्धिको बलियो आधार भनेको दुध भएको बताएकी छिन् । जिल्लाका अधिकांश ठाउ“मा पशु पालन गर्ने र उक्त दुध बजार पु¥याउन सके समृद्धिको ढोका खोल्न सक्ने उनको भनाइ छ ।
रुकुम पश्चिमको मुसीकोट नगरपालिका–४ मा रहेको नागरिक दुग्ध सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री केसीले अब दुध बेच्नेतर्फ सबै लाग्नुपर्नेमा जोड दिइन् । रुकुम पश्चिममा दुध पर्याप्त पाइने भएकाले यसलाई दुधको स्रोत केन्द्र बनाउने तयारीमा प्रदेश सरकार रहेको उनले जानकारी समेत दिइन् ।
कर्णाली प्रदेश सरकारले नै किसानलाई प्रोत्साहन गर्नका लागि किसानको दुध बजार पु¥याउनका लागि मन्त्रालय लागि परेको उनको भनाइ थियो । जिल्लालाई दुध स्रोत केन्द्र बनाउनका लागि दुधको प्रवद्र्धनका लागि चिलिङ सेन्टर स्थापना गर्ने, गाई, भैंसी हेरेर किसानलाई अनुदान र ऋण दिने र त्यसबाट पनि दुध उत्पादनमा सघाउ पुग्ने मन्त्री केसीको भनाइ छ ।
किसान व्यवसायिक हुनुपर्ने र त्यसमा सकेसम्म सरकारले सहयोग गर्ने उनले बताइन् । कृषि पेशामा लागेकालाई घृणा गर्ने प्रवृति हटाउनुपर्नेमा उनको जोड थियो । किसानकै कारण सबै मान्छे बाँचिरहेकाले किसानको सम्मानमा हिच्किचाउन नहुने मन्त्री केसीले बताइन् । रुकुम पश्चिमलाई नमूना बनाउन शिक्षा, स्वास्थ्य, कृषि अरु विषयमा नमूना बनाउन सबै लाग्नुपर्ने उनको भनाइ थियो ।
किसान, शिक्षक, कर्मचारी र सर्वसाधारण जनता र सम्पूर्ण सरोकारवालाको एकत्वमा रुकुम नमूना बन्ने भनाइ मन्त्री केसीको छ । सबै विकासका लागि जुट्दा बेरोजगारी समस्या हट्ने र स्वःत जिल्ला समृद्धितर्फ अघि बढ्ने उनले बताइन् ।
सहकारीका अध्यक्ष धिरण शेर्पालीको अध्यक्षतामा भएको साधारण सभामा जिल्ला समन्वय समिति उपप्रमुख इन्दिरा विएम, मुसीकोट नगरप्रमुख देविलाल गौतम, नेकपाका केन्द्रीय सदस्य वसन्तकुमार शर्मा, मुसीकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरबीर खड्का, पशु सेवा कार्यालय तथा पशु अस्पतालका प्रमुख सुवर्णसिङ ठकुरी विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य लगायतको आतिथ्यता रहेको थियो ।
साधारण सभामा पेस गरिएको प्रतिवेदन अनुसार सहकारीले दुध तथा दुधजन्य वस्तु उत्पादन र आम्दानी उल्लेख छ । सहकारीले दुध खरिद र बिक्री थालेदेखि हालसम्म ६१ लाख ४ हजार ३ सय ५४ रुपैया“को दुध बिक्री गरेको छ । एक लाख ३७ हजार २ सय ७ लिटर दुध बिक्री गरिएको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीले २०७५ पौष २५ गतेदेखि दुध खरिद र बिक्री गर्न सुरु गरेको थियो । सहकारीको चालु आर्थिक वर्षमा २२ लाख ६२ हजार खर्च भएको विवरण सार्वजनिक गरिएको छ । कर्मचारी तलब भत्ता, वार्षिक जग्गा बहाल, पानी, विजुली वार्षिक इन्धन, मेश तथा मसलन्द खर्च मर्मत तथा सम्भार र गाडि भाडा गरी उक्त खर्च भएको जनाइएको छ ।
सहकारीले आर्थिक वर्ष २०७४/०७५ मा सोलावाङमा दुग्ध चिस्यान केन्द्र स्थापना गरेर गाउँ गाउँबाट दुध खरिद गरी विक्री गर्दै आइरहेको छ । यही सहकारीले नै जिल्लाको दुध पहिलो पटक जिल्ला बाहिर बिक्री गर्न थालेको छ ।
दुग्ध चिस्यान केन्द्र स्थापना गर्न कर्णाली प्रदेशको भूमी, व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले ७९ लाख ९९ हजार ९ सय ५० रुपैयाँ अनुदान दिएको थियो ।





















प्रतिक्रिया