Logo

पत्रपत्रिका

चन्दननाथ गुठीको १०८ रोपनी जग्गा अतिक्रमण



जुम्लास्थित चन्दननाथ गुठीको ठूलो मात्रामा जग्गा व्यक्तिविशेषले अतिक्रमण गरिसकेका छन् । चन्दननाथ र भैरवनाथ मन्दिर परिसरमा विभिन्न व्यवसाय सञ्चालन गर्नुका साथै स्थायी संरचना बनाएका छन् ।

चन्दननाथ राजगुठीको १ लाख ४ हजार वर्ग्मिटर (करिब २ सय ५ रोपनी) जग्गामध्ये हाल मन्दिर रहेको क्षेत्रमा १४ सय ७९ वर्गमिटर र मन्दि नजिक सेरा खेत ४८ हजार ३ सय वर्ग्मिटर मात्र रहेको प्रमाण छ। बाँकी करिब १ सय ८ रोपनी व्यक्तिका नाममा पुगेको पाइन्छ ।

‘केही समय भाडामा लिने, पछि अतिक्रमण गर्दै लैजाने गर्दा गुठीको जग्गा मासिँदै गएको पाइयो’, उक्त गुठीका उपाध्यक्ष दया खत्रीले भने, ‘फिर्ता ल्याउन मुद्दा प्रक्रियामा समेत गइएको छ । ’सोही गुठीका पूर्वअध्यक्ष गौरीनन्द आचार्यले पनि ठूलो मात्रामा जग्गा व्यक्तिले नामकरण गरिसकेको बताए । ‘नापीका बेला आफ्नो नाममा गरेका रहेछन्, धेरैपछि रहस्य थाहा हुन्छ’, उनले भने ।

हिमाली जिल्लामा खसहरूको पहिचान रहेको जुम्लाको चन्दननाथ गुठीको रैकर जग्गा पनि बेहिसाब छ । कुडारीमा १ लाख १९ हजार ४ सय ५२ वर्गमिटर, कनकासुन्दरीमा २६ हजार २ सय ३५ वर्गमिटर, तलिहुममा २ लाख ३१ हजार ३ सय ३१ वर्गमिटर, कार्तिकस्वामिमा ४० हजार २ सय २४ वर्गमिटर, चन्दननाथमा ७० हजार ६ सय ६८ वर्गमिटर, पटमारामा ९० लाख ४ हजार ७ सय ८८ वर्गमिटर, देपालगाँउमा ४८ हजार ५८ सय ६९ वर्गमिटर, गज्यङकोटमा ८६ हजार ७४ वर्गमिटर, महतगाँउमा ८९ हजार ४ सय ७६ मिटर, बड्कीमा ११ लाख ५६ हजार १ सय ८८ वर्गकिलोमिटर त्यस्तो जग्गा छ । त्यसको कुत भने मन्दिरले अति कम मात्रामा पाउने गरेको छ । धेरैले तिर्ने गरेका छैनन् । अन्नपूर्ण पोस्टबाट

प्रकाशित मिति : २८ पुष २०७६, सोमबार ०१:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।