Logo

अर्थ

रोल्पा लगानी सम्मेलन २०७६ हुँदै



रोल्पा नगरपालिकाको आयोजनामा यहि फाल्गुन १४ र १५ गते रोल्पा जिल्ला सदरमुकाम लिवाङमा रोल्पा लगानी सम्मेलन २०७६ हुने भएको छ ।

रोल्पामा सम्भावित विभिन्न व्यवसायिक क्षेत्रहरु पर्यटन, कृषि, शिक्षा, उर्जा तथा खानिजजन्य क्षेत्रमा लगानी कर्ताहरुलाई लगानी गर्नको लागि आवश्यक वातावरण निर्माण गर्नु सम्मेलनको लक्ष्य रहेको रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसीले जानकारी दिनु भयो छ । प्राकृतिक रुपमा अत्यन्तै सुन्दर र रमनीय रोल्पामा उद्योग व्यवसायीहरुले लगानी गर्न इच्छुक रहेको केसीले जानकारी गराउनु भएको छ ।

लगानीयोग्य वातावरण निर्माणका लागि रोल्पामा कृयाशिल राजनैतिक दलहरु तथा यस क्षेत्रमा कार्यरत संघसस्थाहरुको प्रतिव्धतामा पनि यस सम्मेलनले सहयोग गर्ने छ । हाल रोल्पा मा १५६ मेगावाटको जलविद्युत आयोजनाको पावर चाइना कम्पानीसँगको समन्यमा भइरहेको छ । यसका साथै उक्त सम्मेलनमा विभिन्न क्षेत्रका उद्योगी, व्यवसायीहरुको अनुभव आदानप्रदान गर्ने र रोल्पाको व्यसायिक वातावरण वुझ्नको लागि इच्छुहरुलाई यस सम्मेलनमा आउँन नगर प्रमुख केसीले आह्वान गर्नु भएको छ ।

 

 

 

 

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आईतवार १४:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।