Logo

अर्थ

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो



नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । आज राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मुल्य प्रतिलिटर २ रुपैयाँका दरले घटेको जानकारी दिएको छ ।

घटेको मुल्यसूची अनुसार अब काठमाडौ उपत्यकामा पेट्रोलको मुल्य प्रतिलिटर १०८ रुपैयाँ पर्नेछ । यसअघि प्रतिलिटर ११० रुपैयाँ थियो । त्यस्तै डिजल र मट्टीतेलको मुल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ । यसअघि डिजल र मट्टीतेलको मुल्य प्रतिलिटर ९९ रुपैयाँ थियो ।

स्वचालित मुल्य प्रणालीअनुसार प्रत्येक १५ दिनमा मुल्य समायोजन गर्ने गरिएको नेपाल आयल निगमले जनाएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलवार १०:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।