फागुनको पहिलो साता नै शुरु हुनुपर्ने नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेको छैन् । आगामी चैत ५ गतेबाट हालका गभर्नरको कार्यकाल समाप्त हुँदै छ ।
नियमअनुसार एक महिनाअघि नै गभर्नर नियुक्तिको प्रक्रिया शुरु गर्नुपर्ने भएपनि अहिलेसम्म गभर्नर नियुक्तिको प्रक्रिया अगाडि बढेको छैन् । अर्थमन्त्रीको अध्यक्षतामा एक जना पूर्वगभर्नर तथा एकजना अर्थशास्त्रीसहित ३ सदस्यीय सिफारिस समिति गठन भई सिफारिस समितिले सिफारिस गर्ने सिफारिसको आधारमा एकजनालाई सरकारले गभर्नर नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
तर अर्थमन्त्री युवराज खतिवडाले अहिलेसम्म सिफारिस समिति बनाउने तर्फ कुनै कदम चालेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालमा रहेकाले प्रधानमन्त्रीको डिस्चार्जपछि गभर्नर नियुक्तिको प्रक्रिया अगाडि बढाउने योजनामा अर्थमन्त्री खतिवडा रहेको बताइन्छ ।
सत्तारूढ नेकपाभित्र अर्थमन्त्रीको निरन्तरतालाई लिएर प्रश्न उठेसँगै गभर्नर नियुक्तिको प्रक्रिया पछाडि धकेलिएको हो । खतिवडाको अर्थमन्त्रीमा पुनः आगमन सँगै गभर्नर नियुक्तिको आन्तरिक तयारी सुरु भैसकेको बताइन्छ ।
गभर्नरका लागि राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीको नाम सबैभन्दा अग्रस्थानमा छ । शिवाकोटी नै गभर्नरका बलिया दावेदार मानिएको छ । अर्थमन्त्री खतिवडा पनि शिवाकोटीको पक्षमा देखिनु र प्रधानमन्त्री ओली समेत शिवाकोटीकै पक्षमा रहेको बुझिएकोले शिवाकोटीको गभर्नर बन्ने सम्भावना उच्च रहेको स्रोतले जानकारी दियो ।
यो सँगै महाप्रसाद अधिकारी र राजन खनालको नाम पनि चर्चामा छ । उनीहरुको सम्भावनालाई नजरअन्दाज गर्न नसकिएपनि अर्थमन्त्री र प्रधानमन्त्री नै सकारात्मक हुनु तथा राष्ट्र बैंकको डेपुटी गभर्नर हुनु तथा अहिलेसम्म कुनै किसिमको विवादमा नपरेका शिवाकोटी नै गभर्नर बन्ने अधिक सम्भावना रहेको बताइन्छ । झापाका ओली प्रधानमन्त्री हुनु झापाकै खतिवडालाई अर्थमन्त्रीमा दोहोर्याउनु र राट्रबैकको लामो अनुभब भएका सिवाकोटि झापाली नै हुनु देशको समृद्धिको लागि पनि यो संयोग हुने देखिन्छ ।





















प्रतिक्रिया