विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को प्रकोप नेपालमा पनि देखिन थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि विश्व बैंकले नेपाललाई तीन अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ ।
स्वास्थ्य मन्त्रायलका अनुसार कोरोनाको संक्रमण देखिएका अन्य देशहरुलाई पनि ऋण उपलब्ध गराउँदै आएको विश्व बैंकले नेपाललाई पनि ऋण उपलब्ध गराउन लागेको हो ।
स्वास्थ्य मन्त्रालयले उक्त रकम कोरोना भाइरसको जाँचमा आवश्यक पर्ने सामग्रीहरु व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), पञ्जा, मास्क, टेस्ट किट लगायतमा खर्च गर्ने जनाएको छ ।
विश्व बैंकको माग अनुसार स्वास्थ्य मन्त्रालयले ती सामानको सूची अर्थमन्त्रालयलाई पठाउने जनाएकाे छ ।





















प्रतिक्रिया