Logo

प्रवास

भारतमा एक नेपालीको मृत्यु, शव ल्याउन समस्या



भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ । दार्चुलाको मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो ।

लकडाउनका कारण घर फर्किन लागेका ठगुन्ना मदकोट झोलुङ्गेपुल नजिकै मृत्यु भएको उनको परिवारले जनाएको छ । गत कात्तिकमा मजदुरीको लागि मदकोट गएका ठगुन्ना झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको जानकारी आएको मृतकका आफन्त परमानन्द ठगुन्नालाई उद्धृत गर्दै राससले जनाएको छ ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय दार्चुलालाई भने हालसम्म जानकारी प्राप्त नभएको जिल्लाका प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर शाहीले बताएका छन् ।

नेपाल र भारत दुवैतर्फ लकडाउन भएको अवस्थामा शव ल्याउन समस्या भएको भन्दै पहल गरिदिन मृतकका आफन्तले आग्रह गरेका छन् । मृतकका आफन्त चिन्तन ठगुन्नाले नेपाल–भारत जोड्ने झोलुङ्गेपुल खुलाउने व्यवस्था गराइदिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार १९:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।