Logo

अर्थ

हेल्मेट लगाएको भन्दै राहत दिन अस्वीकार



काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा बुधबार राहत सामग्री लिनका लागि फारम भर्नेको घुँइचो थियो । सबैजसो कसरी राहत पाइन्छ भनेर लागेका थिए तर हेल्मेट लगाएको भन्दै वडाले राहत सामग्री दिन त परै जाओस् फारम भराउन पनि मानेन ।

मंगलबारदेखि फारम खुलेको थियो । फारम भर्न सर्वसाधारणदेखि ५ तले घर भएका मानिस पनि आएका थिए । भिड अनियन्त्रित भएपछि गौशाला प्रहरी बोलाइएको थियो । वडाध्यक्ष शुद्धोधन डंगोल सबैलाई राहत वितरण गर्ने आश्वासन दिँदै थिए तर जनता पत्याउने अवस्थामा थिएनन् । हेल्मेट लगाएका ती व्यक्ति धनी भएको भनेर वडाध्यक्षका अरु मानिसले भनेपछि उनले आफू सामान्य किसिमको आफ्नो रोजगार गर्दै गरेको र त्यसबारे वडालाई पनि थाहा भएको बताएपछि पनि उनले राहत पाउने सम्भावना भएन ।

वडाध्यक्ष डंगोलले आवश्यक परे म पछि हेर्छु भन्ने आश्वासन दिएका थिए । वडाध्यक्षका आसेपासेले दुव्र्यवहार गरेको उनले बताए । आफूले राहत नपाएपनि पाउनुपर्ने वास्तविक गरिव र सामान्यलाई भने नछुटोस् बरु आफू जसरी भएपनि गुजारा गर्ने भन्दै उनी वडाबाट बाहिरिएका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार ०९:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।