Logo

प्रदेश

सर्लाहीका एक बालकमा देखियो कोरोना संक्रमणको एन्टीबडी देखियो



सर्लाहीमा र्‍यापिड टेष्ट गर्दा एक बालकमा कोरोना भाइरसको एन्टीबडी पोजेटिभ देखिएको हो । सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक जना १४ वर्षीय बालकमा र्‍यापिड टेष्ट गर्दा कोरोना भाइरसको एन्टीबडी देखिएको जिल्ला प्रशासन कार्यलय सर्लाहीले पनि पुष्टि गरेको छ ।

जिल्ला प्रशासन कार्यलय सर्लाहीका अनुसार उनिसँगै क्वारेन्टाइनमा रहेका अर्का एकजनाको भने र्‍यापिड टेस्टको नतिजा भने नेगेटिभ आएको छ । एन्टीबडी देखिएका ती बालकलाई शुक्रबार राती नै जनकपुर पठाइएको छ ।

जानकारी आउने बित्तिकै चेक जाँचका लागि सम्पूर्ण तयारी पूरा गरि बालकलाई प्रादेशिक अस्पतालको आइसोलेश वार्डमा भर्ना गरेको जानकारी प्रादेशिक अस्पताल जनपुरले जनाएको छ ।

एन्टीबडी देखिएका ती बालक गत चैत २३ गते भारतको दिल्ली हुँदै सर्लाही पुगेका थिए । उनमा कोरोना संक्रमण भएनभएको भने पिसिआर रिपोर्ट पछि मात्रै पुष्टि हुनेछ ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार १०:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।