सर्लाहीको चुरेक्षेत्रमा पर्ने लालबन्दी नगरपालिका-१५, परवानीपुरमा क्वारेन्टाइनमा एक शिशुको मृत्यु भएको छ । परवानीपुर शीरफुलजोरका तारादेव वाइबा (तामाङ) का अन्दाजी पाँच महिने छोराको भएको हो ।
उनीहरू तीनदिनदेखि परवानीपुरस्थित झल्ला चौडीमा रहेको विद्यालयमा निर्माण गरेको अस्थायी क्वारेन्टाइनमा राखिएको थियो ।
इँटा उद्योगमा काम गर्ने तारादेव र उनकी श्रीमती तीन दिनअघि मात्रै त्यहाँ आएको बुझिएको छ । लालबन्दी नगरपालिका १५ नंं वडाका वडाध्यक्ष गोरखबहादुर बलले शिशुको चिसोका कारण मृत्यु भएको आशंका गरिएको र थप जानकारी लिन लालबन्दीबाट स्वास्थ्यकर्मी घटनास्थलमा आएको बताए ।





















प्रतिक्रिया