अज्ञात कारणले एकदिनमै चारजनाको ज्यान गएको २४ घण्टा नबित्दै महोत्तरीको भंगहा नगरपालिका ७ मेघनाथ गोरहन्नामा गाएँमा पुनः दुईजनाको मृत्यु भएको छ । बुधबार राति स्थानीय ३२ वर्षीय सिकिन्दर सिंह र बिहीबार दिउँसो स्थानीय ५५ वर्षका सिताई महराको मृत्यु भएको भंगाहा नगरपालिकाका मेयर संजिव साहले पुष्टि गरेका छन् ।
यसअघि मंगलबारदेखि बुधबार बिहानसम्म स्थानीय ४० वर्षका मोहन चौधरी, ५२ वर्षका नथुनी चमार, ५४ वर्षका लालबाबु सिंह र बर्दिवास नगरपालिकाका ५२ वर्षका गंगाराम सदाको मृत्यु भएको थियो । सो बस्तीमा झण्डै एकसाता अघि ५५ वर्षका महेन्द्र चौधरीको समेत मृत्यु भएको थियो । यससंगै एकसातामा मेघनाथ गेहन्ना टोलमा ७ जनाको मृत्यु भएको मेयर साहले पुष्टि गरेका हुन ।
उनीहरुको विषाक्त मदिरा सेवनको कारण मृत्यु भएको हुन सक्ने आशंका गरिए पनि मृत्युको वास्तविक कारण खुल्न सकेको छैन । बुधबारसम्म मृत्युभएका पाँचैजनाको शव दाहसंकार गरिसकिएको जनाएको छ । बिहीबार राति मृत्यु भएका ३२ वर्षका सिकिन्दर सिंहको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वर लगिएको वडाध्यक्ष बासुदेवसिंह थारुले बताए ।
एक–एक गरि टोलमा मृत्यु हुन थालेपछि स्थानीबासि त्रसित भएका छन् । बुधबार बिहान मृत्यु भएका गंगाराम सदाको शव प्रहरीले नियन्त्रणमा लिन गएपछि उनको दाहसंकार भइसकेको थियो ।





















प्रतिक्रिया