Logo

प्रदेश

सालीसँग प्रेमले श्रीमतीको हत्या, जंगलमा गाडेको अवस्थामा शव बरामद



धनुषामा एक युवाले आफ्नी कान्छी सालीसँगको प्रेम सम्बन्धका कारण आफ्नो श्रीमतीको हत्या गरेको खुलासा भएको छ । हत्या गरेर जंगलमा गाडेको अवस्थामा शव बरामद भएपछि उक्त कुराको खुलासा भएको छ ।

मिथिला नगरपालिका वडा नम्बर – ९ लालभिट्टीका २८ वर्षीय हरि चौहानले आफ्नी कान्छी सालिसँगको प्रेम सम्बन्धका कारण २५ वर्षीय पत्नी विना चौहान लामाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

श्रीमतीले तिम्रो अवैध सम्बन्ध मेरो बहिनिसँग छ, तिमी जहिले नि ढिलो गरेर घर आउँछौ भनेर किचकिच गरिरहने भएकोले आवेशमा आएर हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको प्रहरीको भनाइ छ ।

चौहानले विनालाई गोठका लागि चाहिने काठ काट्न लालगढ सामुदायिक वनस्थित मगर्नी खोलामा लगेर विनाकै सलले घाँटी बेरेर हत्या गरि शवलाई जंगलमै गाडेको अवस्थामा प्रहरीले चार दिनपछि शव उत्खनन गरेर निकालेको छ । चौहानले विनालाई वैशाख १८ गते बिहिवार साँझ करिब साढे पाँच बजेको समयमा विनालाई जंगलमा जाउँ भन्दै जंगलमा लगेर उनैको शलले घाँटीमा बेरेर हत्या गरि शवलाई जंगलमै गाडेको चौहानले प्रहरी समक्ष बयान दिएका छन् ।

हत्या गर्नुअघि नै चौहानले खाडल खनी तयार पारेर राखेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्या गर्नु अगाडि नै खाडल खनेर तयार बनाएको रहेछ । इलाका प्रहरी कार्यलय ढल्केवरले जानकारी दिएको छ । घटना योजनाबद्ध तरिकाले भएको प्रहरीले जनाएको छ । पेशाले गाडी चालक रहेका चौहान वैशाख १९ गते बिहान पत्नी हराएको भन्दै मौखिक उजुरी समेत गरेको प्रहरीले जनाएको छ ।

विगत पाँच वर्षअघि विनासँग अन्तरजातीय विवाह गरेकाले बाबुआमाले घरमा बस्न नदिएपछि ससुराली नजिकै आफ्नो घर बनाएर बस्दै आएका चौहानको करिब एक वर्षदेखि आफ्नो कान्छी साली गंगा लामासँग एकतर्फी प्रेम रहेकोले पत्नीकोको किचकिच सहन नसकेर विनाको हत्या गरेको देखिएको घटनास्थलमा पुगेर फर्किएका एक प्रहरी अधिकारीले जानकारी दिए ।

हत्या अभियोगमा पक्राउ परेका चौहानलाई जिल्ला अदालत धनुषा बाट म्याद थप गरि घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । खाडलमा पुरिएको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार १५:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।