विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण दैनिकी चलाउन समस्या भएका परिवारलाई ‘मिलेर गरम सकेको गरम’ युवा समूहले प्रभावित परिवारलाई सहायता गरिरहेको छ ।
बुढानिलकण्ठ क्षेत्रका युवाहरूले अहिले दैनिक ६/७ विपन्न तथा आर्थिक रूपमा कमजोर रहेका परिवारलाई खाद्यान्न लगायतका अत्यावश्यक सामाग्री सहायता गर्दै आएका छन् । अपांग, विपन्न, सुत्केरी तथा वृद्ध वृद्वाहरूलाई सहयोगमा प्राथमिकता दिने गरेको उक्त समूहका एक युवाले जानकारी दिए ।
उनीहरुले सकेको सहयोग उठाएर विपन्न तथा तुलनात्मक रूपमा सहयोगको खाँचो रहेका परिवारलाई सहायता गरिरहेका हुन् । यो अभियान लकडाउनमा मात्रै नभएर निरन्तर सामाजिक काम गरिरहने उनिहरुको अठोट छ ।





















प्रतिक्रिया