Logo

प्रदेश

युवतीमाथि सामूहिक बलात्कार आरोपमा एक पक्राउ, चार फरार



युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । काभ्रे तेमाल गाउँ स्थायी घर भई हाल पुरानोठिमी बस्ने वर्ष २९ वर्षे कवाङ लामालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

मध्यपुरथिमि नगरपालिका–६ डेरा गरी बस्ने २२ वर्षीय रोहित गिरीले ८ जेठको साँझ अन्दाजी २० वर्षीय युवतीलाई ललाई फकाई र आर्थिक प्रलोभनमा पारी आफ्नो कोठामा लगी जबर्जस्तीकरणी गरेका थिए । उनले युवतीलाई घर जान नदिई लामासहित चारजनालाई कोठामा बोलाएर पालैपालो जबर्जस्ती करणी गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए ।

बलात्कारमा संलग्न चारैजना फरार छन् । कवाङलाई पनि खोजतलास गर्दा पुरानोठिमीमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई हिरासतमा लिएर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरी फरार अभियुक्तहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार ०६:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।