Logo

प्रदेश

सिरहामा थप पाँच जनामा कोरोना पुष्टि



मंगलबार सिरहामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाले भगवानपुर गाउँपालिका वडा नं ४ का ४ जना ३६, २६,२९,३७ वर्षीय पुरुष र नवराजपुर गाउँपालिकाका १ जनामा गरी जम्मा पाँच जनामा कोरोना संक्रमण पुष्टि गरेको छ ।

भारतको विभिन्न ठाउँबाट आएको उनीहरुलाई महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको छ । यो भन्दा पहिले सिराहका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलवार १०:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।