सर्लाहीमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ ।
आज विहान ६ः३० बजे सर्लाहीको विष्णु गापा २ पकडी स्थित दशगजा ईलाकामा विओपि सिमराबाट खटिएको सप्रसनिको टोलीले नेपाल तर्फ प्रवेश गर्न नदिए पश्चात् ४० भन्दा बढी भारतीयहरु नागरिकहरुको समुहले आक्रमण गर्न खोज्दा झडप भएको हो ।
सशस्त्र प्रहरी मुख्यालयका अनुसार ड्यूटीमा खटिएको टोलीलाई हुलहुज्जत गरी हतियार समेत खोस्न प्रयास गरेकोले स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र टोलीले बाट १ राउण्ड हवाई फायर गरेको थियो । भिड तितरवितर भई अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रदेश २का सशस्त्र प्रहरी बलका प्रमुख डिआइजी राजु अर्यालले भारतीय नागरिकहरु नेपाल आउन खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो । उनीहरु आफन्त भेटन आएको भन्दै नेपाल प्रवेश गर्न खोजेका थिए ।





















प्रतिक्रिया