Logo

अर्थ

राजधानीको दरबारमार्ग क्षेत्रका पसलहरू आजबाट खुल्ने



राजधानीको दरबारमार्ग क्षेत्रका पसलहरू आजबाट खुल्ने भएका छन्। सरकारले यस अघि घोषणा गरेको लकडाउनको अवधि सकिएको र नयाँ मोडालिटी नअपनाई लकडाउनको समय थप गरेको भन्दै व्यवसायीहरूले पसल खोल्ने लागेका हुन्।

दरबारमार्ग डेभलपमेन्ट बोर्डको मंगलबार भएको अनौपचारिक छलफलले बुधबारदेखि दरबारमार्ग क्षेत्रको व्यावसाय संचालन गर्ने निर्णय गरेको थियो । आज सबै पसल र व्यवसाय खोलेर सरसफाई गर्ने र थप व्यवसायी र कर्मचारीसँग छलफल गरेर आधिकारिक धारणा बनाउने निर्णय भएको छ ।

यस अघि मंगलबार जोरपाटीका ब्यबसायीले पसल खोलेका थिए । सरकारले चैत ११ गतेदेखि लागू गरेको लकडाउनको समयावधि पटक पटक थप गरी जेठ ३२ सम्मलाई तोकिएको छ। यधपि आजबाट देशका विभिन्न शहरमा ब्यबसाय सुरु गर्ने निर्णयहरू भएका छन् ।

हेटौडा, कैलालीलगायत ठाउँहरूमा पनि लकडाउनको विरोध गर्दै पसल खुलेका छन् । लकडाउनको नयाँ मोडालिटी बनाउन चौतर्फी दबाब बढेको छ । यस विषयमा सरकारले विभिन्न् बिज्ञ तथा निकायहरूसंग छलफल गरिरहेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार ०९:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।