Logo

मधेश प्रदेश

प्रदेश दुईको सामाजिक विकास मन्त्रालयमा अख्तियारको छापा



प्रदेश दुईको सामाजिक विकास मन्त्रालयमा अख्तियारले छापा मारेको छ।

कोरोना महामारीकाबीच केही दिन अगाडी मात्रै आपूर्ती शाखामा स्वास्थ्य सामाग्री खरिदमा व्यापक भ्रष्टाचार भएको आरोप लागेपछि अख्तियारको टोलीले मन्त्रालयमा छापा मारेको हो।

मन्त्रालयको आपूर्ति शाखाले बजार भाउभन्दा बढी मूल्यमा स्वास्थ्य सामाग्रीहरु खरिद गरेको सामाचार बाहिरिएपछि छापा मारिएको हो।

यस्तै कोरोना सम्बन्धी सूचना दिने उद्देश्यले मन्त्रालयले संचालन गर्दै आएको मिडिया ब्रिफिङको नाममा समेत व्यापक अनियमितता भइरहेको श्रोतको भनाइ छ।

त्यसकै छानविनका लागि आपूर्ती शाखाले खरिद गरेको स्वास्थ्य सामग्री सम्बन्धी कागजातहरु तथा मिडिया ब्रिफिङका नाममा भइरहेको खर्च सम्बन्धी कागजात तथा फाइलहरु अनुसन्धानका लागि लगिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आईतवार १७:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।