Logo

प्रदेश

हिरासतमै मृत भेटिए सवारी ज्यान मुद्दाका प्रतिवादी



धनुषामा प्रहरी हिरासतमा रहेका एक युवक शौचालयको भेन्टिलेटरमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

जिल्लास्थित सबैला नगरपालिका १२ बस्ने २४ वर्षीय शम्भु सदा मुसहर इलाका प्रहरी कार्यालय सबैलाको हिरासत भित्रको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएपछि स्थानीयले छानबिनको माग गर्दै प्रर्दशनमा उत्रिएका छन । मृतक मुसहर सवारी ज्यान मुद्दाका प्रतिवादी समेत थिए ।

भीड नियन्त्रणका लागि प्रहरीले केही राउण्ड अश्रुग्याससमेत प्रहार गरेको छ । आक्रोसित स्थानियले इलाका प्रहरी कार्यालय सबैलाको भ्यानमा तोडफोड गरेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार ०९:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।