Logo

अर्थ

एनआइसि एसिया लघुवित्तलको ग्राहकहरुलाई आकर्षण छुट, असार १० देखि आइपीओ निष्काशन गर्दै



एनआइसि एसिया लघुवित्त वित्तिय संस्थाले कोभिड–१९ले ग्राहकमा पार्ने असरको न्यूनिकरण गर्न थुप्रै राहत प्याकेजहरु ल्याएको छ । कम्पनीले जेष्ट मसान्त भित्र ऋण तिरि सक्ने ग्राहको लागि १०% छुट र आषाढ महिनाका लागि समेत कर्जाको ब्याजमा छुट हुने अत्यन्त आकर्षक योजना ल्याएको हो ।

वित्तीय संस्थाले ल्याएको यस योजना मुताविक नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेको ३ प्रतिशत ब्याज छुटको अलावा यस बैंकबाट कर्जा सुविधा लिएका सम्पूर्ण ऋणीहरुले २०७७ असार मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम २०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गरेमा उक्त कर्जाको ब्याजदरलाई कम गरी न्यून १ प्रतिशत र अधिक ६ प्रतिसत छुट गरिने सुविधा दिने भएको छ ।

यस सुविधा पश्चात अधिक व्याजदरको छुट प्राप्त गर्ने ऋणीको व्याजदर १२ प्रतिसत कायम हुनेछ । साथै साँवा तथा ब्याज चुक्ता भुक्तान गर्न ढिलाई गर्दा लाग्ने पेनाल चार्ज÷ब्याज र जरिवाना रकममा समेत १०० प्रतिशत मिनाहाको व्यवस्था वित्तीय संस्थाले गरेको छ । यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै वित्तीय संस्थाबाट प्रवाह भएका सम्पूर्ण क्षेत्रका कर्जाहरूमा लागू क्रम्पनीले बताएको छ ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आईरहेको यस वित्तीय संस्थाले यस विषम परिस्थितिमा एक उत्तरदायी कर्पोरेट नागरिकको हिसाबले समग्र अर्थतन्त्रको सबलीकरणमा टेवा पु¥याउने मनशायले यो योजना ल्याएको बताएको छ । साथै, यस संस्थाले वित्तिय क्षेत्रकै सबै भन्दा ठूलो आइपीओ निष्काशन असार १० गतेबाट खुल्ला थर्दे छ । कम्पनीले ४४ लाख ४३ हजार २०० कित्ता शेयर सर्वसाधारणको लागि बिक्री गर्नका लागेको हो ।

साथै कमपनीको शेयर खरिद गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पुर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट दरखास्त दिन सकिने छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार १८:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।