Logo

प्रदेश

श्रीमानलाई रक्सी किन्न पठाएर श्रीमतीलाई बलात्कार !



काभ्रेको मण्डनदेउपुर नगरपालिका–१२ रामपुरस्थित आफ्नै घरमा पाहुना आएका श्रीमान्का साथीले २० वर्षीया महिलालाई बलात्कार गरेका छन् । लकडाउनमा पाहुना लाग्न गएका कान्छा पराजुलीले वैशाख १५ गते साँझको समयमा श्रीमान्लाई मादक पदार्थ किन्न पठाई श्रीमतीलाई बलात्कार गरेका थिए ।

कान्छाले केही दिन उनको घरमा डोको बुनिदिएका थिए । दुई दिन डोको बुनिसकेपछि वैशाख १५ गते उनका श्रीमान् र कान्छाले रक्सी खाने सल्लाह गरे । दुवैले रक्सी खाए । रक्सी खाँदै जाँदा थप्न मन लाग्यो तर रक्सी थिएन ।

उनै कान्छाले महिलाको श्रीमान्लाई १ सय २० रुपियाँ दिएर रक्सी किन्न पठाए । श्रीमान्लाई रक्सी किन्न पठाएर श्रीमतीलाई कान्छाले बलात्कार गरेको महिलाको बयान छ । श्रीमतीलाई बलात्कार गरेको श्रीमानले देखेलगत्तै कान्छा फरार भएका छन ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार १२:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।