सेयर बजार परिपक्क बन्दै गइरहेको छ । खरिदबिक्री र नेप्से सूचक दुवैले लगानीकर्तालाई उत्साहित बनाउने काम गरेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता हुनुलाई सेयर बजार माथि लाग्नुको प्रमुख कारण हो । विश्लेषकहरुका अनुसार सेयर बजारको पछिल्ला दिनहरुको कारोबार निकै परिपक्क देखिएको छ । खरिदबिक्रीमा राम्रो माहोल बनेको छ । नेप्से सूचक सुस्त र क्रमशः हिसाबले माथि लागिरहेका छन् । बजारमा अनावश्यक उतारचढाव पनि छैन ।
आज नेप्से १२.६० अंकले बढेर १३६०.०४ बिन्दुमा गएर रोकिएको छ । आज १८९ कम्पनीको १ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३२ लाख १२ हजार ९२४ कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल १२ वटा उपसमूहको कारोबार भएकामा ८ उपसूचक बढेका छन् ।
एनआइसी एसिया लघुवित्तको सेयर भाउ १०५ ले बढेर सर्किट ब्रेकर लागेको छ । खरिदबिक्रीमा एनआइसी एसिया बैंक सबैभन्दा अग्रस्थानमा रहेको छ । यसको १० करोड ४० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो ।





















प्रतिक्रिया