केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०७७–७८ को मौद्रिक नीतिमार्फत नगद लाभांशमा अंकुश लगाउने भएको छ । गत वर्षको नाफाबाट ३० प्रतिशत भन्दा बढी नगद लाभांश बाँड्न नपाउने गरी मौद्रिक नीति जारी गर्न लागिएको छ । राष्ट्र बैंक स्रोतका अनुसार सेयर बजारमा सकारात्मक प्रभाव पार्ने उद्देश्यका साथ नगद लाभांशमा अंकुश लगाउन लागिएको हो । तर बोनस सेयर वितरणमा भने अंकुश लगाइनेछैन ।
बोनस सेयर वितरणमा थप प्रोत्साहन गरिनेछ । बोनस वितरण गर्दा एकातिर कम्पनीको पुँजी वृद्धि हुनेछ भने अर्कोतिर सेयर बजारमा पनि सकारात्मक प्रभाव पर्नेछ । तथापि, ३०५ नगद लाभांश अनुपात पनि राम्रो हो । ३० प्रतिशत भन्दा बढी नगद लाभांश वितरण गर्ने कम्पनीहरु निकै कम छन् ।





















प्रतिक्रिया