संयुक्त राष्ट्रसंघले कोरोना भाइरस महामारीविरुद्ध संघर्ष गर्न १० अर्ब ३० करोड डलर रकम आवश्यक रहेको भन्दै शक्ति राष्ट्रहरुसँग अपील गरेको छ । राष्ट्रसंघले आर्थिक सहायताका लागि आव्हान गरेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो रकम हो । राष्ट्रसंघले कोभिड–१९ का कारण यो वर्षको अन्त्यसम्म २६ करोड ५० लाख मानिसहरूले भोकमरी सामना गर्नुपर्ने बताएको छ ।
उक्त रकम कम आय भएका र कमजोर देशहरूमा प्रयोग गरिनेछ । राष्ट्रसंघले यो रकम उठाउन नसकिए दशकौंदेखिको विकास खेर जाने चेतावनी दिएको छ । उसले गत मार्चमा पनि २ अर्ब डलर सहयोगका लागि अपील गरेको थियो ।





















प्रतिक्रिया