सुन-चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार छापावाला सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेर ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जानकारि दिएको छ । अघिल्ले दिन यसको भाउ प्रतितोला ९२ हजार ५ सय रुपैयाँ थियो ।
महासंघका अनुसार सोमबार तेजावी सुनको भाउ प्रतितोला १९५ रुपैयाँले घटेर ९१ हजार ८६५ रुपैयाँमा झरेको छ । अघिल्लो दिन यसको भाउ प्रतितोला ९२ हजार ६० रुपैयाँ थियो । सोमबार चाँदीको भाउ पनि ५ रुपैयाँले घटेर १ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यसको भाउ प्रतितोला १ हजार ५ रुपैयाँ रहेको थियो ।






















प्रतिक्रिया