Logo

अर्थ

आक्रमित रुपमा बढेको बजार अन्तिम अवस्थामा आएर सम्मालियो



सोमबार शेयर बजार सुरुवात अवस्थामा अस्वभाविक भएपनि पछिल्लो अवस्थामा आएर सम्मालिएको छ । शेयर बजारमा चमक आउनुको कारण लगानीकर्ताको मनोविज्ञान राम्रो हुनु हो । शेयर बजार सोमबार पनि खुलेको १ मिनेटमै ४५ ले बढेर सर्किट ब्रेक लागेको थियो । बजार खुलेकोे १ मिनेट मै पहिलो सकारात्मक सर्किट लागेको हो । त्यस बेला बजार २० मिनेटका लागि स्थगित भएको थियो ।

नेप्से दोस्रो पटक पनि ५५ ले बढेपछि फेरि दोस्रो सर्किट ब्रेकर लागेको थियो । पहिलो सर्किट लागेर २० मिनेट बन्द भएको बजार फेरि खुल्ने बित्तिकै ५५ अंकले बढेर सर्किट लागेको हो । त्यस पछि पनि बजार २० मिनेटका लागि स्थगित भएको थियो । त्यस पछिको अवस्थामा आएर बजार सम्मालिन सुरु भएको थियो । १५ सय क्रस गरेको बजार फेरि १४ सय ५० भन्दा माथि चलिरहेको थियो ।

शेयर बजारमा अहिले सबै कुराले साथ दिएको लगानीकर्ताहरुको दावी छ । अन्य व्यापार व्यवसाय नाजुक भएको अवस्थामा सबै मानिसहरु शेयर बजारमा आएका छन् । जसको कारण शेयर बजार चलाएमान भएको विज्ञ्यहरुको दावि रहेको छ ।

अन्तिम समयमा आएर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से १४.०९ अंकले घटेर १४६४.९४ बिन्दुमा पुगेर बन्द भएको छ । आज २ अर्ब ८० करोड २२ लाख ३३ हजार ७१५ रुपैयाँको कारोबार भएको छ । ७० लाख १ हजार २८५ कित्ता शेयर खरिद बिक्रि भएको छ । आज ३ वटा कम्पनीको शेयरमा सकारात्म सर्किट लागेको छ ।

 

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार १५:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।