Logo

अर्थ

भदौको पहिलोसाताबाट आन्तरिक हवाइ उडान खोल्ने सरकारको तयारी



सरकारले भदौको पहिलो साताबाट आन्तरिक उडान खोल्ने तयारी गरेको छ ।
सरकारले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि गत चैतयता आन्तरिक तथा वाह्य हवाइ उडानमा रोक लगाउँदै आएको छ । अब भदौ १ देखि भने नियमित व्यवसायिक उडान सञ्चालन गर्ने निर्णय भएको भट्टराईले बताए ।

उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल बनाउने जिम्मेवारी बैठकले पर्यटन मन्त्रालयलाई दिइएको छ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार २०:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।