मंगलबार सुन–चाँदीको भाउ बढेको छ । आज छापावाला सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन यसको मूल्य ९२ हजार ३ सय रुपैयाँ थियो । यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला ३९५ रुपैयाँले बढेर ९२ हजार २६० रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन यसको मूल्य ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले बताएको छ । यता चाँदीको मूल्यले भने इतिहासकै नयाँ रेकर्ड बनाएर १ हजार ४० रुपैयाँ कायम भएको छ ।






















प्रतिक्रिया