Logo

अर्थ

 उद्योग बाणिज्य महासंघमा सक्षम नेतृत्वको खाँचो छ : चन्द्र ढकाल



नेपाल उद्योग वाणिज्य महासंघमा व्यावसायिक र सक्षम नेतृत्व आउनुपर्नेमा वरिष्ठ उपाध्यक्ष पदका दुई उम्मेदवारहरुले बताएका छन् । महासंघको यही साउन २६ र २७ गते महाधिवेशन हुँदैछ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

महासंघको अध्यक्षमा हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्ने भएका छन् । वरिष्ठ उपाध्यक्ष पदका लागि हालका उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।

वरिष्ठ उपाध्यक्षका लागि प्रत्यासी दुवै उपाध्यक्षहरुले उद्योगी–व्यवसायीका समस्या समाधान गर्न पहल गर्नसक्ने सक्षम व्यावसायिक नेतृत्व आउनुपर्नेमा जोड दिएका छन् ।

महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा व्यावसायिक व्यक्तित्व आउने पर्नेमा जोड दिए ।

वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार हालका उपाध्यक्ष किशोर प्रधानले अब निर्वाचित हुने नेतृत्वले हालको अवस्थामा मौद्रिक नीतिले दिएको सुविधाहरुलाई कार्यान्वयन गरी अगाडि बढ्न सक्ने क्षमता राख्नुपर्ने बताए ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलवार १८:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।