Logo

अर्थ

लिवर्टी इनर्जीको आइपीओ बिक्रि आजबाट खुला, को–कस्ले पाउछन् आवेदन दिन?



लिवर्टी इनर्जी कम्पनीको स्थानीय बासिन्दाका लागि आज बुधबार (साउन ७ गते) बाट आइपीओ बिक्री खुला भएको छ । कम्पनीले लमजुङ जिल्लाको उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि १५ लाख कित्ता सेयर बिक्री खुला गरेको हो । लिवर्टीले पहिलो चरणमा स्थानीयका लागि जारी पुँजीको १०५ आइपीओे निष्कासन गरेको हो ।

यस कम्पनीले आयोजना अतिप्रभावित क्षेत्र लमजुङ जिल्लाको दोर्दी गाँउपालिकाको वडा नं. ६ र ७ (तत्कालीन फलेनी र डोढोडेनी गाविस) का स्थानीय बासिन्दाका लागि ५ लाख कित्ता (३३.३३५) खुला गरेको छ । यसैगरी, आयोजना प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका बाँकी वडा र बेशीसहर नगरपालिकाको वडा नं. ११ का स्थानीयलाई छुट्याएको मध्ये ५ लाखकित्ता (३३.३३५) सेयर पनि बिक्री खुला गरिएको छ ।

त्यसैगरी, लमजुङ जिल्लाका सम्पूर्ण बासिन्दाका लागि बाँकी ५ लाख कित्ता (३३.३३५) सेयर बिक्री खुला भएको छ । यसमा प्रतिकित्ता १०० रुपैयाँका दरले आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । यो आइपीओमा साउन २१ गतेसम्म आवेदन दिन सकिनेछ ।

लिवर्टीलाई नेपाल धितोपत्र बोर्डले ३७ करोड ५० लाख ४० हजार रुपैयाँ बराबरको ३७ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति दिएको थियो । जसमध्ये १५ लाखकित्ता स्थानीयलाई खुला गरेको हो । अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्नेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दाकमआधार जनाउने ग्रेड ४ रेटिङ दिएको हो ।

यसले लमजुङ जिल्लाको फलेनी र दोदेनीगाउँपालिकामा, २५ मेगावटको अपर दोर्दी ‘ए’ हाइड्रोपावर निर्माण गरिरहेको छ । यसअघि कम्पनीले गत फागुन २७ गतेबाट उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि १५ लाख कित्ता सेयर आइपीओ बिक्री खुला गरेको थियो । तर, कोरोनाका कारण चैत ११ गतेबाट देशमा लक डाउन सुरु भएपछि बीचैमा बिक्री कार्य स्थगन गरिएको थियो । यसअघि आवेदन नदिएकाले अब दिन सक्नेछन् ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार १२:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।