सेयर बजार बिहीबार सकारात्मक देखिएको छ । १ अर्ब ३० करोड भन्दा बढीको कारोबार हुँदा नेप्से सूचक पनि हरियो बनेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता रहेकाले खरिद बिक्री रकम राम्रो देखिएको हो । लगानी कर्ताले सस्तो ब्याजदरमा सजिलै सेयर कर्जा पाउने वातावरण बनिरहेको छ । यसले पनि खरिदबिक्रीमा उत्साह जारी रहेको हो ।
नेप्से सूचक बिहीबार १०.१३ अंकले बढेर १४४२.६१ विन्दुमा आइपुगेको छ । १८७ कम्पनीको १ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३३ लाख ९२ हजार ९६९ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
खरिदबिक्री भएका १२ उपसमूहमध्ये २ वटा बाहेक बाँकी सबै उप-समूहका सूचक माथि लागेका छन् । वाणिज्य बैंक उप-समूहको सूचक ३ अंकले बढेको छ ।
यस दिन तारागाउँ रिजेन्सी होटेल, मिर्मिरे माइक्रोफाइनान्स, ओरियन्ट होटेल, कालिका माइक्रो क्रेडिट लगायतका कम्पनीको भाउ १०५ ले बढेर सर्किट लागेका छन् । यता, मल्टिपर्पोज फाइनान्स सबैभन्दा धेरै ५.३६५ ले घटेको छ । यता, नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा धेरै ११ करोड ३२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।





















प्रतिक्रिया