Logo

अर्थ

अवैध लागूऔषध गाँजा सहित पक्राउ तथा बरामद



चितवन, खैरहनी नगरपालिका ८ मिलिजुली टोल डेरा गरी बस्ने राप्ती नगरपालिका १३ का २६ वर्षीय विनय प्रजालाई १२ केजी २ सय ग्राम अवैध लागूऔषध गाँजासहित शनिबार प्रहरीले पक्राउ गरेको छ । गाँजा बिक्री वितरण भइरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनको डेरा तलासी गर्दा उक्त गाँजा फेला पारी प्रजालाई पक्राउ गरेको हो ।

यस्तै, पर्सा, बहुदरमाई नगरपालिका ९ बिश्रामपुर बस्ने धनिलाल कलवारको घरबाट ४५ केजी अवैध लागूऔषध गाँजा शनिबार प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाईछिपाई राखेको उक्त गाँजा फेला पारी ना.३२ प. २६४७ नम्बरको मोटरसाइकल सहित बरामद गरेको हो । हाल सम्पर्कविहिन भएका धनिलालको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आईतवार १३:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।