Logo

अर्थ

नेप्सेमा दोहोरो अंगको बृद्धि, बिहीवार २२.४० अंकले उकालो लाग्यो



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २२ दशमलव १७ अंकले उकालो लागेको छ । यस दिने नेप्से परिसूचक १ हजार ४६४ दशमलव ८८ विन्दुमा पुगेको छ । आइतवार १ दशमलव ५४ प्रतिशत नेप्से परिसूचक बढेको हो । ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ३१ प्रतिशत बढेर ३०७ दशमलव ९३ विन्दुमा पुगेको छ । १९० ओटा कम्पनी कारोबारमा आएको यो दिन ३२ हजार ६२५ पटकको व्यापारमा रू। १ अर्ब ९२ करोड ५१ लाख ७ हजार ३३० बराबरको ४४ लाख ५८ हजार १५३ कित्ता शेयर कारोबार भएको छ ।

कुल कारोबार रकमको सबैभन्दा बढी हिस्सा नेपाल लाइफ इन्स्योरेन्सले ओगटेको छ । उक्त कम्पनीको रू। २५ करोड ८१ लाख ८७ हजार २९२ बराबरको शेयर कारोबार भएको छ । कुल कारोबार रकमको १३ दशमलव ४१ प्रतिशत हिस्सा नेपाल लाइफले ओगटेको हो । सर्वाधिक रकमको कारोबार गर्ने दोस्रो नम्बरमा आइतवार नेपाल पुनर्बीमा कम्पनीको रहेको छ । उक्त कम्पनीको यस दिन रू।१९ करोड ९० लाख ४८ हजार ८५२ बराबरको शेयर कारोबार भएको छ ।

बढेको बजारमा मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेण्ट बैंकका शेयरधनीहरुले सबैभन्दा बढी कमाएका छन् भने वेष्ट फाइनान्स कम्पनीका शेयरधनीहरुले सबैभन्दा बढी गुमाएका छन् । आइतवारको कारोबारमा वेष्ट फाइनान्स कम्पनीको शेयरमूल्य ६ दशमलव ५४ प्रतिशतले घटेर रू। १०० मा झरेको छ । कम्पनीको शेयरमूल्य रू।७ ले घटेको हो । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेण्ट बैंकको शेयरमूल्य भने ९ दशमलव ९७ प्रतिशत अर्थात रू।६८ ले बढेको छ । १२९ओटा कम्पनीको शेयरमूल्य बढेको आइतवारको बजारमा ४४ ओटा कम्पनीको शेयरमूल्य घटेको छ ।

आइतवार कारोबारमा आएक १२ ओटा समूहमध्ये जलविद्युत् र म्यूचुअल फण्डको परिसूचक घटेको छ भने बाँकी समूहको बढेको छ । यस दिन जलविद्युत समूहको शून्य दशमलव २२ प्रतिशत र म्यूचुअल फण्डको शून्य दशमलव शून्य ५ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ् समूहको १ दशमलव ३ प्रतिशत, व्यापारिक समूहको शून्य दशमलव ९७ प्रतिशत, होटल समूहको १ दशमलव ३७ प्रतिशत, विकास बैंकको शून्य दशमलव ५९ प्रतिशत, वित्त समूहको शून्य दशमलव ५८ प्रतिशत, निर्जीवन बीमा समूहको ३ दशमलव ६३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ७२ प्रतिशत, अन्य समूहको १ दशमलव ४३ प्रतिशत, लघुवित्त समूहको १ दशमलव ११ प्रतिशत र जीवन बीमा समूहको ३ दशमलव ९१ प्रतिशत परिसूचक बढेको छ । आइतवारको बजारमा बीमा समूहको परिसूचक सबैभन्दा बढी वृद्धि भएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आईतवार १५:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।