नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । कोरोना भाइरस रोकथाम तथा लकडाउन पछि सरकारले गरेको लगडाउनसंगै बन्द भएको शेयर बजार लामो समय पछि खुलेको थियो । शेयर बजार घटबढ भइरहनु यसको प्रक्रिया नै हो । खुलेको केहि समय शेयर बजारमा सकारात्क सर्किट पनि लाग्यो नकारात्मक सर्किट पनि लाग्यो । सरकारले पनि शेयर बजारलाई राम्रो हुने खालको मौद्रिक नीति ल्यायो ।
मौद्रिक नीतिले कोरोनाको कारण निरुत्साहित भएका लगानीकर्ता उत्साहित बने र यो संगै शेयर बजारमा राम्रो माहोल बनेको छ । मंगलबार नेप्से ७.६९ प्रतिशतले घटेर १४५४.८९ बिन्दुमा पुगेर रोकिएको छ । आज समग्रमा १ अर्ब २५ करोड ९७ लाख ५१ हजार ५५७ रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै, आज ३२ लाख ४७ हजार ६८ कित्ता शेयर कारोबार भएको छ । आज एउटा कम्पनीको शेयरमा सकारात्मका सर्किट लागेको छ ।





















प्रतिक्रिया