Logo

मधेश प्रदेश

कोरोना भाइरसको संक्रमणबाट वीरगन्जमा थप दुई जनाको मृत्यु



कोराना भाइरसको संक्रमणबाट वीरगन्जबाट थप दुई जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाकारण ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ ।

६८ वर्षीय पुरुषको कोरोना विशेष गण्डक अस्पताल र ७१ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा मृत्यु भएको हो ।

वीरगञ्जस्थित नारायणी अस्पतालका अनुसार ६८ वर्षीय पुरुष ८ गते अस्पताल भर्ना भएका थिए । मुटु र निमोनियाका बिरामी उनको बुधबार उपाचारकै क्रममा निधन भएको हो ।

त्यस्तै पखला लागेर अस्पताल पुगेको ७१ वर्षिय पुरुषमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । पखला लागेर विभिन्न अस्पताल हुदै नारायाणि अस्पताल पुगेको उनको उपचारकै क्रममा निधन भएको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार १८:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।