नेपाल राष्ट्र बैंकले भदौ १ गतेदेखि असोज १४ गतेसम्म आवेदन दिन सक्ने गरि पुनरकर्जाको लागि आवेदन खुलाएको छ।
राष्ट्र बैंकले खुलाएको सोही आवेदनमा बैंक तथा वित्तीय संस्थाहरुलाई उनीहरुले नै प्रदान गरेको कर्जालाई धितो मानेर पुनरकर्जा दिन लागेको हो ।
राष्ट्र बैंकले अति प्रभावित क्षेत्र:
१. पर्यटन,
पर्यटन अन्र्तगतः (क) ट्रेकिङ्ग, ट्राभल एजेन्सी, पर्वतारोहण, र्याफ्टिङ्ग, क्याम्पिङ्ग, टुर अपरेटर, हिलिङ्ग सेन्टर, क्यासिनो, मसाज स्पा आदि,
(ख) होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट, तथा रेष्टुराँ, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्ष,
(ग) साहसिक पर्यटनस् स्किइङ्ग, ग्लाइडिङ्ग, वाटर र्याप्mटिङ्ग, हट एयर व्यालुनिङ्ग, क्यानोइङ, प्यारासेलिङ्ग, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ्ग, हिमाल आरोहरण र अवलोकन लगायत,
(घ) गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केवलकार
२. हवाई तथा पर्यटकीय यातायात
३. मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसन सम्बन्धी व्यवसाय, पार्टी प्यालेस
४. चलचित्र उत्पादन, वितरण, सिनेमा हल
५. रोजगारी गुमेका वा बिथयाा मा परेका श्रमिक, कामदार वा कर्मचारी (स्वदेशमा वा विदेशमा)
६. मूलभुत रुपमा सडेर गलेर जाने वस्तु जस्तैः तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दुध तथा दुधजन्य उत्पादन, अण्डा आदि उत्पादन तथा बिक्री वितरण
७. कुखुरापालन व्यवसाय
८. पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय
९. तयारी पोशाक, हस्तकला तथा सीपमुलक व्यवसाय
१०. वैदेशिक रोजगार सेवा प्रदायक, शैक्षिक परामर्श सेवा प्रदायक ।
मध्यम प्रभावित क्षेत्र
१. खप्ने सामान जस्तै प्लास्टिक, फलाम/स्टील, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित उद्योग व्यवसाय
२. नीजि तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्व विद्यालय, प्राविधिक शिक्षालय, प्रि–स्कुल, चाइल्ड केयर स
३. यात्रुवाहक स्थल यातायात
४. ब्युटी पार्लर, सैलुन, कस्मेटिक सर्जरी लगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप
५. कानूनी, लेखा, इन्जिनियरिंग लगायतका परामर्श सेवा वा व्यवसाय
६. अस्पताल, क्लिनिक, नर्सिंगहोम, डायग्नोस्टिक सेन्टर
७. हेल्थ सेन्टर वा फिट्नेस सेन्टर
८. भण्डारण गर्न सकिने बस्तु (खाद्यान्न बाहेक) उत्पादन, प्रशोधन तथा बिक्री वितरण
९. वन तथा खनिजजन्य उद्योग
१०. निर्माण व्यवसाय
११. औषधि उत्पादन
१२. छपाइ, प्रकाशन तथा संचार गृह
१३. निर्माणाधीन जलविद्युत तथा नवीकरणीय उर्जा
१४. पत्थर, माटो तथा सिसाका उत्पादन सम्बन्धी व्यवसायलाई पुनरकर्जा दिन लागेको हो ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले माग गर्ने कुल पुनरकर्जा रकम सो संस्थाको प्राथमिक पुजीको २५ प्रतिशतसम्म मात्रै हुनुपर्ने र आवेदनको लागि छनोट गरिएका कर्जाको भुक्तानी अवधि कम्तिमा पनि १ वर्ष बाँकी रहेको हुनुपर्ने छ । एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएका ऋणीको हकमा भने ऋणी स्वयम्ले म यो बैंक वा वित्तीय संस्थाबाट मात्रै पुनरकर्जा सुविधा लिन्छु भनेर जानकारी गराउनु पर्ने व्यावस्था रहेको राष्ट्र बैंकले जनाएको छ।
पुनरकर्जाको लागि बैंक तथा वित्तीय संस्थाहरुले मागेको कुल रकमको कम्तिमा पनि ७० प्रतिशत रकम लुघ, घरेलु तथा साना उद्यम पुनरकर्जा अन्तरगत हुने गरी माग गर्नुपर्ने छ । पुनरकर्जा माग गर्नको लागि कर्जा छनोट गर्दा बैंक वित्तीय संस्थाको प्रत्येक शाखाबाट कम्तिमा पनि ५ वटा ग्राहक ऋणी समेटिएको हुनुपर्नेछ।
त्यस्तै, नेपाल राष्ट्र बैंकले ३ प्रकारका कर्जामा पुनरकर्जा सुविधा उपलब्ध गराउनेछ । यसमध्ये लघु, घरेलु तथा साना उद्यम पुनरकर्जामा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग २ प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकसँग ५ प्रतिशत व्याज लिन पाउने राष्ट्र बैंकले जनाएको छ।
यसरी नै विशेष पुनरकर्जामा राष्ट्र बैंकले १ प्रतिशत व्याज लिनेछ भने बैंक तथा वित्तीय संस्थाले ग्राहकसँग ३ प्रतिशत व्याज लिन पाउने छन् । साधारण पुनरकर्जामा राष्ट्र बैंकले ३ प्रतिशत व्याज लिन्छ भने बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकसँग ५ प्रतिशत व्याज लिनुपर्ने हुन्छ ।
राष्ट्र बैंकका अनुसार यसरी लिइने पुनरकर्जा नविकरण नहुने गरि बढीमा १ वर्ष अवधिको मात्रै हुन्छ । ग्राहक ऋणी अनुसार प्रदान गरिने पुनरकर्जाको हकमा कोभिड–१९ बाट अति प्रभावित भनी राष्ट्र बैंकले तोकेका क्षेत्रका ग्राहक ऋणीको लागि बढीमा १ वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैंकले तोकेका ग्राहक ऋणीको लागि ६ महिना अवधिको हुने बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकबाट आह्वान गरी बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट प्रदान हुने प्रतिग्राहक पुनरकर्जाको अधिकतम सीमा ५ करोड रुपैयाँ हुन्छ। एकमुष्ट प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशत भन्दा बढी हुन पाउने छैन ।
त्यस्तै राष्ट्र बैंकले ग्राहक अनुसार मूल्याङ्कन गरी उपलव्ध गराउने पुनरकर्जाको प्रतिग्राहक अधिकतम सीमा २० करोड रुपैयाँसम्म हुने र ग्राहक अनुसार प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुन पाउने छैन ।
राष्ट्र बैंकबाट आह्वान गरी लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा बढी हुने छैन ।





















प्रतिक्रिया