एन आई सी एसिया बैंकले यस वर्षको कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी बुबालाई उपहार किन्दा आकर्षक ३० प्रतिशतसम्म छुटको योजना ल्याएको छ ।
अतुलनीय तथा असिमित सुविधाहरू सहित देशभर फैलिएका शाखा तथा सञ्जालमार्फत आफ्ना लाखौं ग्राहक महानुभावहरूमाझ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस एन आई सी एशिया बैंकले समयअनुरुप ग्राहकमैत्री योजनाहरू ल्याउने क्रममा ग्राहक महानुभावहरूलाई बुबाको मुख हेर्ने दिन विभिन्न सामग्रीहरू खरिद गर्नका लागि देशका विभिन्न १४ वटा मर्चेन्टहरूसँग समझदारी गरी ३० प्रतिशतसम्म छुट योजना ल्याएको हो ।
यो सेवा अन्र्तगत बैंकका ग्राहकले उक्त विशेष दिनमा CG Digital, LG Lifestyle Shoppe, Hotel Radission, Triveni Group, 8 Degrees, KTM City (ANTA Models), Palsonic, Siddhartha Café (Siddhartha Group), Krishna Pauraoti (Krishna Bakery), Eco Infinity (NIU), Beyond Breads, The Crust Bakery, Hamro Kart, Hotstone Pizzeria / TatoMitho बाट सामग्री खरिद गरी यस बैंकको मोबाइल बैंकिङ्ग र कार्ड (डेबिट तथा क्रेडिट) बाट कारोबार रकम भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्नु पाउनेछन्।
ग्राहकले बैंकसँग सो अवधिमा आवद्ध भएका विभिन्न १४ वटा मर्चेन्टहरूमार्फत विभिन्न इलेक्ट्रोनिक समाग्रीहरू, कपडा, केक, मिठाइ लगायतका सामग्रीहरू उक्त छुटमा खरिद गर्न सक्नेछन् ।
बैंकले हाल मुलुकभर ३ सय २६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दे आइरहेको छ। बैंकका २२ लाख भन्दा बढी ग्राहक रहेका छन्।
बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.१ अर्ब ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गरि सेवा सुचारु गर्दै आइरहेको छ ।





















प्रतिक्रिया