Logo

अर्थ

राजस्व बोर्ड गठनः अध्यक्षमा महेश दाहाल



राजस्व सम्बन्धि विवाद समाधानको लागि राजस्व बोर्ड गठन भएको छ । सरकारले व्यवसायीको मागलाई सम्बोधन गर्दे राजस्व बोर्ड गठन गरेको हो ।

व्यवसायीहरुले हरेक वर्ष बजेट सुझावमा राजस्व बोर्ड गठनको माग गर्दे आईरहेका थिए । राजस्व सम्बन्धि विवादको लागि राजस्व बोर्ड गठन गर्नुपर्ने माग व्यवसायीको थियो। सोही मागको सम्बोधन गर्दै लामो समयपछि सरकारले राजस्व बोर्ड गठन गरेको हो ।

त्यसको अध्यक्षमा पूर्वसचिव महेश दाहाललाई नियुक्त गरेको छ । बोर्डको सदस्यको रुपमा पूर्वसहसचिव निर्मलहरि अधिकारी छन् ।

मन्त्रीपरिषद्को बैठकले राजस्व बोर्डको अध्यक्षमा दाहाल र सदस्यमा अधिकारीलाई नियुक्त गरिएको जानकारी सरकारका प्रवक्ता डा. युवराज खतिवडाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

ओली नेतृत्वको सरकारले राजस्व फस्र्योट ऐन खारेज गरेको थियो। बेला बेला सरकारले राजस्व फस्र्योट आयोग गठन गर्ने गरेको थियो ।

पछिल्लो समय गठन भएको आयोग अत्याधिक विवादमा परेपछि यसको विरुद्द आयोगका सदस्यहरुलाई अख्तियारले समेत मुद्दा चलाएको थियो।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार १०:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।