Logo

अटो

नेको इन्स्योरेन्सको गत वर्षको चौथो त्रैमासको खुद नाफा ४४ करोड ८५ लाख



नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६÷७७ को चौथो त्रैमाससम्ममा ४४ करोड ८५ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको चौथो त्रैमासको नाफा रकम गत आर्थिक वर्षको तुलनामा ३०दशमलव ५१ प्रतिशतले धेरै हो । गत वर्षको यही अवधीमा कम्पनीले ३४ करोड ३६ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद बिमा शुल्क आम्दानी भने घटेको । यो अवधिमा कम्पनीले १ अर्ब २७ करोड १ लाख ५६ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेको छ । उक्त रकम गत आर्थिक वर्षको तुलनामा १० दशमलव ९१ प्रतिशतले थोरै हो । गत वर्ष कम्पनीले १ अर्ब १४ करोड ५१ लाख ९२ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

अहिले कम्पनीको बिमा कोषको ८३ करोड १६ लाख ९४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यहि अवधीमा कम्पनीको बिमा कोषमा ६० करोड ७४ लाख २८ हजार रुपैयाँ रहेकोमा यसको आकार ३६.९२ प्रतिशतले बढेको हो।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी १ अर्ब ३१ करोड ७४ लाख ३२ हजार रुपैयाँ र जगेडा कोषमा ५२ करोड ४४ लाख २ हजार रुपैयाँ रहेको छ । त्यसैगरी, कम्पनीको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ०५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ ९६ पैसा रहेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार ११:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।