Logo

अर्थ

एनआईसि एसिया बैंकले सुरु गर्यो ‘डिजिटल ग्राहक सहायता केन्द्र’, केही समस्या भए यी नम्बरमा कल गर्नुस्



कोरोना माहामारीको कारण आजदेखि बैंक तथा वित्तिय संघ संस्थाहरु निश्चित मात्रामा खुल्ने भएका छन् । यहि असहज परिस्थितलाई मध्यनजर गर्दै एनआईसि एसिया बैंकले ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को व्यवस्था गरेको छ ।

सम्भव भएसम्म बैंक नगई डिजिटल माध्यममा कारोबार गर्न प्रत्साहन गर्दै बैंकले सोही अवधिमा आउन समस्याको हल गर्न डिजिटल सहायता केन्द्र व्यावस्था गरेको छ । बैंकले सहायता केन्द्रको व्यावस्थापन निम्नानुसार गरेको छ।

साथै विशिष्टिकृत सेवा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, HELP टाइप गरी ३४४८८ मा एसएमएस, फेसबुक च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८५११०४१६९ मा सिधा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

बैंकशाखाहरु आईतवार देखि बिहिवार बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म तथा शुक्रवार बिहान १० बजे देखि दिउँसो १ बजेसम्म सीमित संख्यामा खुला रहनेछन्। साथै बैंकका अनुसार शाखा कार्यालयहरु कहाँ—कहाँ खुल्ला रहन्छन् भनेर हेर्न बैंककमो वेवसाईट (www.nicasiabank.com)मा गएर हेर्न सकिने छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार ११:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।